Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे!! नाग देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोला नत्र

By Dainik Plus  On September 19, 2019 In Dharma 
  • facebook
  • tweet

नाग देख्ने मान्छे भाग्यमानी हुन्छ रे शेयर गर्नुस !! मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी?? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।

प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।यो पनि हेर्नुहोस्नागपञ्चमीनागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।नाग पञ्चमीको विशेषतानागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।नाग पञ्चमीमा व्रतको विधिनाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।नागपञ्चमीमा घरको ढोकामा टास्ने चित्रमुख्य द्वारमा नाग देवताको आकृतिको पूजानाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।कद्रबेयाश्च ये सर्पा:मातृभक्ति परामा।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।

के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको श्रावण महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वरपर ठुला ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जीवहरू घरमा भित्रिने धेरै सम्भावना रहन्छ, अर्को कुरा साउन, भदौ तिर भारी बर्षा हुने र घाम पनि निकै टन्टलापुर लाग्छ । यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवस्थामा घर वरपर जङ्गल भएमा सर्पहरू सोझै घरमा पस्न आउँछन् । मानिसहरू चाडपर्वमा घरको अन्य कामकाज छोडेर भए पनि आफ्नो घरआँगन सफा गर्छन् यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तै:- बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादी नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ। नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र”अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥”

घरको जग खन्दा नागको शिर विचारनयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। भाद्र, आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ।कालसर्प योगको कारण र त्यसको निवारणज्योतिषमा योगको महत्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फफलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।के हो कालसर्प योग ?मानिसको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो। अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छ:१- त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ।२- मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।

३- नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ। – विभिन्न अनलाइन तथा विकिपिडियाबाट संकलित सामाग्री यो पनि हेर्नुहोस्

  • facebook
  • tweet

Post navigation

सुनको भाउ घट्यो ! यति पुग्यो आज…आजको सुनको मुल्य
सेयर गरौ हजुर! माता दक्षिणकालीको दर्शन गर्नु होस, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौ है।

Popular Posts

  • shree ganesh
    आज अति राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कस्तो छ ? हेर्नुहोस्
    October 20, 2020, No Comment
  • mata-pathivara devi
    माता पाथिभराको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल, कुन राशिलाई कति शुभ ?
    October 11, 2020, No Comment
  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
dainikplus.info