Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

वास्तु शास्त्र भन्छ १ कचौरा नून बाथरुममा राख्नुस् तपाईंको भाग्य चम्किन्छ

By Dainik Plus  On September 22, 2020 In Dharma, Jyotish 
  • facebook
  • tweet

नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ । बास्तु शास्त्रमा जीवनलाई सुखी र समृद्धशाली बनाउने अचूक उपायहरुको उल्लेख गरिएको छ । नूनले खानाको स्वाद बढाउन मात्र होइन तपाइँको भाग्य पनि चम्काउन सक्छ भन्ने चाँहि थाह नहुन सक्छ ।

तपाइँको घरमा बास्तुदोष छ भने त्यसको उपचार केवल केही कचौरा नूनले गर्न सकिन्छ । तर यस्तो नून भने समुन्द्री नून नै हुनु पर्छ । बाथरुममा केही कचौरा नून राख्नुस् तपाइँको घरमा रहेको बास्तु दोष मेटिन्छ । तर हरेक महिना कचौरामा रहेको नून परिवर्तन गर्नु पर्छ ।

हाम्रो वरपर सकारात्मक र नकारात्मक गरी २ प्रकारका शक्ति हुन्छन् । यसको प्रभाव हाम्रो जीवनमा सिधा पर्छ । बास्तु शास्त्र यही सिद्धान्तमा आधारित छ । घरमा धेरै सदस्यको सोंच नकारात्मक छ भने सो घरमा शान्ति हुन कठिन हुन्छ ।

नूनमा यस्तो अदभुत शक्ति हुन्छ जसले त्यस्ता नकारात्मक शक्ति नष्ट गरिदिन्छ । त्यसका साथै घरको दरिद्रता नष्ट हुने र लक्ष्मी प्रशन्न हुने समेत बास्तु शास्त्रको दावी छ । बाथरुममा नून राख्दा असफलताको अन्त्य हुने र सफलता शुरु हुने समेत विश्वास छ ।

नून पोखिनु अशुभहाम्रो परंपरागत मान्यतामा नून पोखिनु राम्रो मानिँदैन । त्यसैकारण नून प्रयोग गर्दा सचेत भएर गर्नु पर्छ । नून पोखिनु नेपाल र भारतमा मात्र होइन युरोपेली देशमा समेत नराम्रो संकेत मानिन्छ ।

खासकुरा के हो भने प्राचिन समयमा नून दुर्लभ हुने गर्थ्यो । रोमान साम्राज्यमा सैनिकहरुलाई तलवको साटो नून दिने गरिन्थ्यो । तलवलाई अंग्रेजीमा स्यालरी भनिन्छ जुन स्याल र सल्टको अपभ्रंस हो । त्यसैले नून खस्नु भनेको भाग्य वा समृद्धीको पतन जस्तै मानिएको हो । एजेन्सी

  • facebook
  • tweet

Post navigation

यी ४ राशिको लागी अत्यन्तै शुभ रहेको छ आज शनिबारको दिन, तपाईको कुन राशि ? हेर्नुहोस् दैनिक राशिफल
५ प्रकारका पुरुषलाई घृणा गर्छन् महिला

Popular Posts

  • shree ganesh
    आज अति राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कस्तो छ ? हेर्नुहोस्
    October 20, 2020, No Comment
  • mata-pathivara devi
    माता पाथिभराको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल, कुन राशिलाई कति शुभ ?
    October 11, 2020, No Comment
  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
dainikplus.info