ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ ।खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ ।हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ । खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक रहने गर्छ र रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्ने गर्छ ।रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ र बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा मानिएकाे छ ।सुगर नियन्त्रण गर्न हरियो खुर्सानी काठमाडौं । खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ । भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ ।स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ ।यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी छ । “खुर्सानी” पीरो स्वाद हुने एक किसिमको फल हो । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झ्िने, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका [१]लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । खुर्सानी मुख्यतया डल्ले, गुलियो र पीरो गरी ३ प्रकारमा विभाजन गरिएको छ । नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”