Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

भाग्यमानीलेमात्र देख्ने यो दुर्लभ जीउँदो दाहिने शंखलाई बेवास्ता नगरी दर्शन स्वरूप एक शेयर गर्नुहोस तपाईको जीवनमा शान्ति र खुसि मिल्नेछ !

By Dainik Plus  On September 19, 2019 In Dharma 
  • facebook
  • tweet

शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो। यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ। जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो, यो धेरैजसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाका रूपमा पनि लिइन्छ। नेपाल, भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा यसको यसरी प्रयोग भएको पाइन्छ। शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिना शंख बहुमूल्य मानिन्छ, जुन निकै महँगो हुन्छ। लाखौं शंखमा दाहिना शंख एउटा पाइन्छ। हिन्दू धर्ममा रामायण, महाभारतमा शंखको महिमा प्रसस्त छ भने हाम्रो समाजमा मंगल कार्यदेखि मृ*त्युजन्य शोकको घडीमा समेत शंखवादनलाई महत्त्व दिइन्छ। शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका रोगाणु र विषाणुलाई मा*र्ने वर्णन ऋग्वेदमा छ।

शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ। पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ। कतिपय जातिमा मु*र्दालाई घा*ट लैजाँदा शंख बजाउने चलन छ। आयुर्वेद उपचारमा शंख भस्मको ठूलो महत्त्व छ ।

शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच/छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ। यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन्। आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् । शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी हुन्छ। अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ भने शंख जलले मुख धुँदा अनुहार उज्यालो हुन्छ। कान पाक्ने रोगको उपचारमा प्रयोग हुने शंख मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगमा पनि लाभदायक मानिन्छ।

यो पनि पढ्नुस – विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । पिण्डेश्वरमा अरु बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ । भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् ।

उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताउनुभयो ।पिण्डेश्वर मन्दिरको महिमा नेपालका अन्य शिव मन्दिरहरुकाे तुलना फरक र महत्वपूर्ण छ । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व हुने गर्दछ । मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्तीलगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुरा हुने विश्वासका साथ पश्चिम नेपालदेखि भारतका विभिन्न ठाउँहबाट आउने गर्दछन् । बिगतमा यस भेगमा बारम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको यहाँका जानकारहरु बताउछन् । उनीहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनीहरुको मृत्यु पश्यात, मन्दिर परिसर भित्रनै अन्तश्ठी गरी शिव लिङ्ग स्थापना गरि उनीहरुको समाधि निमार्ण गरेको छ ।

यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको जाेकोहिले पनि सहजै बुझ्न सक्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिर हरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोसीमाताको पनि मन्दिर रहेको छ ।यस पिण्डेश्वर क्षेत्र भित्र सरस्वती कुण्ड, र संस्कृत अध्यापन हुने पिण्डेश्वर क्याम्पस रहेका छन् । ऐतिहासिक, धार्मिक र संस्कृतीक दृष्टिले पिण्डेश्वर पूर्वको एक महत्वपूर्ण स्थलको मानिन्छ ।

पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तका लागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्रसंग पनि रहेको मानिन्छ, तथापि प्रत्येक १२ वर्षमा चतरामा लाग्ने महा कुम्भ मेलाको घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड ज्योती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनु पर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरुसंग पनि रहेको छ ।यस धाममा बाला चर्तुदशी, शिवरात्री र तिजमा मेला लाग्ने गर्दछ ।

पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन् कोशी र कोकोह को तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्व पुर्ण क्षेत्र हो यसको सम्रक्षण र प्रर्वधन गर्नु सम्पुर्णको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलको उचित संरक्षण गर्नु हरेकको दायित्व हो । हाम्रो संस्कृती नै हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नाले आफ्नो पहिचानको संरक्षण हुनेछ ।“सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन् । यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

गत सोमबारसम्म झण्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिनुभयो ।“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ । मन्दिरको कलाकृति पनि लोप हँुदै गएको छ”, उहाँले भन्नुभयो । भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउनुहुन्छ । मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उहाँको गुनासो छ । मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन् ।सुनसरीको दुहबीबाट पूजा गर्न आउनुभएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउनुहुन्छ ।

उहाँ यहाँ गाईको दूध चढाउन आउनुहुन्छ । “पहिलाभन्दा मन्दिर वरपर फोहर बढेको छ, शौचालय व्यवस्थित गर्न सकेका छैनन््”, चौधरीले भन्नुभयो । यस्तै विराटनगरबाट पूजा गर्न आउनुभएकी गीता कार्की आफ्नो लागि साउन महीना खास रहेको बताउनुहुन्छ ।साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वर धाम आउने गरेको उहाँले बताउनुभयो । साउनमा माछा मासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन् ।सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउनुहुन्छ ।

उहाँले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनी पिण्डेश्वर धाममा आउने गरेको बताउनुहुन्छ । “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छयाएको कुरा प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । मन्दिर छेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ । सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन ।

  • facebook
  • tweet

Post navigation

दरिद्रता हुन बाट बच्नको लागि के गर्ने? घरमा सुख-समृद्धि ल्याउन विहानै गरौं यी काम – जानीराखौ
जे बर मागे पनि पुग्ने ! दर्शनको लागी पुग्नै पर्ने शिवको मन्दिर एक सेयर गर्नुहोस (भिडियो सहित)

Popular Posts

  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
  • sweet kera
    केराको बोक्रामा हुने मत्वपूर्ण गुणहरू
    October 19, 2020, No Comment
  • shree ganesh
    आज अति राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कस्तो छ ? हेर्नुहोस्
    October 20, 2020, No Comment
dainikplus.info