Skip to content
Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

—Dainikplus—

Main Navigation
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • राष्ट्रीय
  • प्रदेश
  • अर्थ समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • आजको राशिफल

सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : पण्डित

By Dainik Plus  On April 8, 2021 In खुला खबर Leave a comment 
  • facebook
  • tweet

काठमाडौं, चैत २६ गते । पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर प्रश्न गर्नुभएकाे छ । बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो प्रश्न गर्नुभएकाे हाे । ‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसदमा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन् । सन्धि सम्झौताहरु अनुमोदनको निम्ति पर्खिरहेको छ,’ उहाँले भन्नुभयाे । त्यस्तै संसदमा काम छैन भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्न पण्डितले सुझाव छ। संसदलाई सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उहाँको दाबी छ । ‘संसद्ले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसद्ले काम नपाएको होइन, संसद्ले काम गर्न नसकेको हो । यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सक्नुहुन्छ,’ उनले भने ।

  • facebook
  • tweet

Post navigation

वजन घटाउन चाहनुहुन्छ भने बिहान वेलुकीको समयमा गर्नुहोस् यस्तो नास्ता
नेकपा माओवादी केन्द्रका चारजना सांसद पदमुक्त

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

dainikplus.info