काठमाडौं । वास्तुशास्त्र अनुसार,घरको मुख्य ढोकाको धेरै विशेष महत्व हुन्छ । वास्तवमा, सकारात्मक र नकारात्मक दुवैले घरभित्र प्रवेश गर्ने द्धार नै तपाईको घरको मुल ढोका हो । यदी घरमा नकारात्मक ऊर्जाको प्रविष्टि हुन्छ भने मानसिक र आर्थिक समस्या भइरहने हुन्छ ।त्यस्तै, घरमा सकारात्मक ऊर्जा भएमा शान्ति,समृद्धि लगायतका कुराहरु आउँछन । वास्तुशास्त्रमा नकारात्मक ऊर्जा रोक्न धेरै सुझावहरू दिइएको छ । आज हामी तपाईलाई घरमा सुःख ,शान्ति र समृद्धि ल्याउन गर्नुपर्ने केही सामान्य कुराहरुको बारेमा जानकारी दिन जाँदैंछौं।।
घरमा खुशी र समृद्धि राख्नको लागि गणेशजीको मुर्ति राख्नु धेरै शुभ मानिन्छ । घरको मुख्य ढोकामा गणपति को एक प्रतिमा (मुर्ती) स्थापना गर्नाले घरमा सकारात्क उर्जा आउँछ ।गणेशको फोटो घरको मुख्य ढोकामा लगाइसके पछि, गणेशको अर्को मूर्ति एकै ठाउँमा अर्को ढोकामा राख्नुहोस् । यसरी मुर्ती लगाउँदा एउटा मुर्तीले अर्को मुर्तीलाई देखेको हुनुपर्दछ ।घरमा गणेश जी मूर्ति वा फोटो बसेको हुनुपर्दछ। यसले घरमा खुशी र समृद्धि ल्याउँछ।
मुख्य ढोकामा, स्वस्तिक चिन्ह,ऊँ, श्री गणेशजस्ता शब्दको प्रयोग गर्नुपर्छ।घरको मुख्य ढोकामा फोहोरमैंले हुनुहुँदैन । एक स्वच्छ ठाउँमा सकारात्मक ऊर्जाको प्रवेश सधैं पहिले हुन्छ ।मुख्य ढोकामा तुलसीको रुख राखिनुपर्दछ ।घरको मुल ढोकामा तुलसी एकदमैं शुभ हुन्छ ।मुख्य विन्ड चाइमको स्थापना गर्नुहोस् जसले घरमा सकारात्मक ऊर्जाको प्रवेश गर्दछ ।घरको मुख्य ढोकामा, आपको पातहरूको तोरण लगाउँनुहोस जसले घरमा सकारात्मक ऊर्जा पठाउँछ ।हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम गणेश हो । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्।
नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ। शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि ,बिधानमा एकरुपता छ । तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ । जस्तै:-डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ ।डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ ।दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ ।गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणका प्रमुख गण नन्दी मानिएका छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश मानिन्छन् ।
गणेशको रूपले के बुझाउछ ?
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ। यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ। काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पणी गरिंदै छ।
शिर
भगवान श्री गणेशको शिर हात्तीको छ। हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडि शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।
कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा त्यसलाई सबैले “यो मानिसले त नाक कटायो” भन्छन् । मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ । यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने गर्छन् ।। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको लामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
पेट
भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
हातहरू
भगवान श्री गणेशका चार वटा हातहरू छन्। ति हातहरूमा क्रमशः बन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।
वाहन
भगवान श्री गणेशको बाहन छुचुन्द्रो मुसा हो। छुचुन्द्रो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ । भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।
भगवान श्री गणेशको जन्म
भगवान श्री गणेशका बाबु शंकर र आमा पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्। तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेन अन्तमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशूलले बालको टाउको काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आएँ ।”
यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिएँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटोको रूपमा अर्को प्राणी बनाए।[१] त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।
प्रथम पूजा
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो ।
गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माणड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे ।