सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ।बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।
र यो पनि पढ्नुहोस् समाजवादी पार्टीले संविधान दिवस नमनाउने
काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सात वटै प्रदेश राजधानीमा अन्तक्र्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । via nagariksamchar