Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

तपाइको नाम कुन अक्षरबाट सुरु भएको हो ? अक्षरबाट हेर्नुस स्वभाब भाग्य र भबिस्य !

By Dainik Plus  On September 19, 2019 In Jyotish 
  • facebook
  • tweet

प्राय मानिस आफ्नो नाम सधै प्यारो मान्‍ने गरिन्छ।उनीहरु आफ्नो नामको अक्षरलाई समेत बढी बढावा दिने गरेका छन्। प्राचीन कालमा पनि मानिसले नामकैको कारणबाट चुनौतीपूर्ण कार्य गर्दै आएको छ।तर संसारमा ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको विकास गरिसकेको छ। मानिसले अब आफ्नो नामको अक्षरबाट स्वभाव थाहा पाउन सक्छन्।ती सबै विकास मानिसको सुरुवातको अक्षरको नामबाट नै हुने गरेका छन्। कुन व्यक्तिको कस्तो चरित्र हुन्छ अक्षर अनुसार यस प्रकार व्याख्या गरिएको छ। अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन्।

लि लु ले लो :

यी अक्षरबाट नाम भएकाहरु ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थिर बुद्धि भएका हुन्छन्।

अ इ उ ए :

पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक यी अक्षरका व्यक्तिहरु हुन्छन्।

ओ बा बि बु :

पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने खालको व्यक्तित्व यी अक्षरका व्यक्तिको हुन्छ।

बे बो क कौ :

धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त हुन्छन्।

कु ध छ :

यी अक्षरका व्यक्तिहरु पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका हुन्छन्।

के को ह ही :

सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका व्यक्तिहरु हुन्छन्।

हु हे हो हा :

कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने खालका व्यक्ति हुन्छन्।

डि डु डे डो :

छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने खालका व्यक्तिहरुको स्वभाव हुन्छन्।

म मी मु मे :

भोगी, सत्यबादी, पितृभक्त, बिद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी स्वभावका व्यक्ति हुन्छन्।

मो टा टी टु :

पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने खालका व्यक्तिहरु हुन्छन्।

टे टो प पी :

लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल गर्ने खालको स्वभाव व्यक्तिमा हुन्छन्।

पु प ण ठ :

निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक व्यक्तिहरु हुन्छन्।

पे पो रा री :

दयालु, पराक्रमी, ब्यबसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु भएका व्यक्तिहरु हुन्छन्।

रु रे रा ता :

शुभ, बिद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यबादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र बिचार, हठी, तीब्र बिचार शक्तिले युक्त व्यक्तित्व हुन्छन्।

ती तु ते तो :

लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली ब्यक्तित्व, शक्तियुक्त स्वभावका व्यक्तित्व हुन्छन्।

ना नी नु ने :

सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने सक्‍ने स्वभावको व्यक्तिको स्वभाव हुन्छ।

नो या यी यु :

सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर भएको जस्तो

हुन्छन्।

भू ध फा ढा :

श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने खालका हुन्छन्।

भे भो ज जी :

धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, बिद्धानको कदर गर्ने, सर्वप्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी खालका व्यक्ति हुन्छन्।

जु जे जो खा :

यी अक्षरका व्यक्तिहरुले सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक खालका हुन्छन्।

खी खु खे खो :

परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी स्वभावका हुन्छन्।

  • facebook
  • tweet

Post navigation

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला
के तपाईंले फर्सीको मुन्टो खाने गर्नु भएको छ भने, हेर्नुहोस् यस्तो हुन सक्छ ! पढेर शेयर गरौ !

Popular Posts

  • आजको राशिफलः मिति २०७७ साल कार्तिक २३ गते अष्टमी तिथि आइतबार
    November 8, 2020, No Comment
  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
  • sweet kera
    केराको बोक्रामा हुने मत्वपूर्ण गुणहरू
    October 19, 2020, No Comment
dainikplus.info