Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

यदि जीवनमा सम्पत्ति चाहिन्छ भने तिहार अघि घरबाट निकाल्नुहोस् यी ६ कुरा

By Dainik Plus  On September 29, 2019 In Dharma, Jyotish 
  • facebook
  • tweet

एजेन्सी हरेक वर्ष जुन चाडको हामी व्यग्र प्रतिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊर्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आकर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।

फुटेको सिसा परिवर्तनः ढोका, झ्यालमा राखिएको सिसा यदि फुटेको वा चर्किएको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै धमिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊर्जाको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ । घरको कुनै पनि कुनामा फुटेको सिसा हुनुहुँदैन ।कौसीमा फोहोर र काम नलाग्ने सामानहरु राख्नुभएको छ भने हटाउनुहोस्ःधेरैले घरको छतमा काम नलाग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि राख्नुहुन्न । यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दुख, तनाव र सङ्कटमा कमी आउँछ ।

बिग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ःघरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निकाल्नुहोस् ।ढोकाहरु मर्मत गर्नुहोस्ः घरको ढोका फुटेको छ वा प्लास्टर टुटेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।मूल ढोका सफा राख्नुहोस्ःआफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् । यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शिरमा ऋण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।

  • facebook
  • tweet

Post navigation

रातारात चमत्कार हुनको लागि सुत्नुअघि सिरानीमुनी यी पाँच चिज राख्नुस् शास्त्र भन्छ
यस्ता सपनाले १० दिनपछि हुने घटनाको संकेत गर्छन्

Popular Posts

  • आजको राशिफलः मिति २०७७ साल कार्तिक २३ गते अष्टमी तिथि आइतबार
    November 8, 2020, No Comment
  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
  • sweet kera
    केराको बोक्रामा हुने मत्वपूर्ण गुणहरू
    October 19, 2020, No Comment
dainikplus.info