Skip to content

Dainik Plus

Latest Stories On Internet Web Howto Guides & Tutorials

Main Navigation
  • Home
  • Business

सुनको भाउ घट्यो ! यति पुग्यो आज…आजको सुनको मुल्य

By Dainik Plus  On September 19, 2019 In Business 
  • facebook
  • tweet

काठमाडौँ, असोज २ गते । भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ ।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

निरन्तर घटबढ भइरहेको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा नै ६०० रुपैँयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७० हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ तोलामा नै १५ रुपैँयाले घटेको छ ।आज चाँदी प्रतितोला ८५५ रुपैँयामा कारोबार भइरहेको छ । via nagariksamchar

  • facebook
  • tweet

Post navigation

सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे!! नाग देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोला नत्र

Popular Posts

  • ajako rashifal update
    आज निकै राम्रो छ यी ७ राशिको भाग्य, ५ राशि सावधान ! हेर्नुहोस् आजको भाग्यफल
    October 15, 2020, No Comment
  • shiva bhagwan
    शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन ?
    October 15, 2020, No Comment
  • durga-bhawani
    आज दशैँको तेस्रो दिन, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् दैनिक राशिफल
    October 19, 2020, No Comment
  • sweet kera
    केराको बोक्रामा हुने मत्वपूर्ण गुणहरू
    October 19, 2020, No Comment
  • shree ganesh
    आज अति राम्रो छ यी ७ राशिको भाग्य, तपाईको कस्तो छ ? हेर्नुहोस्
    October 20, 2020, No Comment
dainikplus.info