काठमाडौँ असोज ३, २०७६, शुक्रबार । साताको छैठौँ दिन अर्थात शुक्रबार सुनको मूल्य बढेको छ।आज छापावाल सुन प्रतितोला ७१ हजाररुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेतावी सुन प्रतितोला ७० हजार ४ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
र यो पनि पढ्नुसः अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो छैन्, हल्का टिप्पणी नगर्नुहोस्ः अर्थमन्त्री
अर्थमन्त्री डा। युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए ।आफूले नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन रु भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ? भनेर यकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।उनको मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए ।उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहोर्याए। News and Information source: ehulaki bata